महाशिवरात्रि विशेष: दमकका शिवालयहरूमा भक्तजनको घुइँचो, पशुपति मन्दिरमा विशेष रौनक

O
ourdamak २०८२ फागुन ३
Reads
महाशिवरात्रि विशेष: दमकका शिवालयहरूमा भक्तजनको घुइँचो, पशुपति मन्दिरमा विशेष रौनक

दमक, झापा । आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरिने पवित्र पर्व महाशिवरात्रि आज देशभरका शिवालयहरूसँगै दमकमा पनि हर्षोल्लासका साथ मनाइँदैछ। दमकका मुख्य धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको छ।

विशेषगरी दमक-६ मा अवस्थित पशुपति मन्दिर (सिद्धकामेश्वर मुक्तिधाम)धनेश्वर पाञ्चायन मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको लामो लाइन लागेको छ। मन्दिर परिसरहरूमा शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउँदै दर्शन गर्नेहरूको भिड देखिएको छ। फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा भगवान् शिवको उत्पत्ति भएको विश्वासका साथ आजको दिनलाई 'शिवरात्रि' भनिएको हो।

पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज मध्यरातमा चतुर्दशी तिथि परेकाले आइतबार नै महाशिवरात्रि मनाउने निर्णय गरिएको हो। दमकका मन्दिरहरूमा दर्शनार्थीको चापलाई ध्यानमा राख्दै स्वयंसेवक र सुरक्षाकर्मीहरू समेत परिचालन गरिएको छ।

Share this story:

Comments