समाज

देवानगञ्ज घटनामा ६ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने, परिवारलाई जनही १० लाख राहत

देवानगञ्ज घटनामा ६ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने, परिवारलाई जनही १० लाख राहत

दमक। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच शुक्रबार बिहान ६ बुँदे सहमति भएको छ। रातभर चलेको वार्तापछि बिहान करिब ५:१५ बजे सहमतिपत्रमा हस्ताक्षर भएको हो।सहमतिपत्रअनुसार नेपाल सरकारले मृतकहरूलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने प्रतिबद्धता जनाएको छ। साथै मृतकका परिवारलाई नेपाल सरकारको तर्फबाट जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने उल्लेख गरिएको छ।त्यस्तै, २०८३ साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमति भएको छ। घटनास्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयवस्तुबारे आवश्यक छानबिन तत्काल सुरु गरिने पनि सहमतिमा उल्लेख छ।सहमतिअनुसार प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ। साथै घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने सहमति भएको छ।यस्तै, मृतकहरूको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ। गृहमन्त्री सुदन गुरुङ र मृतक दुवै परिवारका अभिभावकबीच भएको उक्त सहमतिपत्रमा शुक्रबार बिहान हस्ताक्षर गरिएको हो। सहमतिसँगै घटनापछि उत्पन्न तनाव समाधानतर्फ अघि बढेको बताइएको छ।

२०८३ साउन १५ ourdamak
दमक काठमाडौं सरोकार समाजको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रज्ज्वल कार्की

दमक काठमाडौं सरोकार समाजको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रज्ज्वल कार्की

दमक काठमाडौं सरोकार समाजको नयाँ नेतृत्व चयन गरिएको छ। सम्पन्न चौथो अधिवेशनले समाजको नयाँ कार्यसमिति गठन गर्दै कार्यकारी अध्यक्षमा प्रज्ज्वल कार्कीलाई चयन गरेको हो।समितिको उपाध्यक्षमा ज्योति केसी, महासचिवमा युवराज खत्री, सचिवमा जगदीश आचार्य र कोषाध्यक्षमा गीता कोइराला भट्टराई चयन हुनुभएको छ। त्यसैगरी कार्यसमितिका सदस्यहरुमा सिसम बजगाईं, सिमा सिंह, श्वेता घिमिरे, विजय पोखरेल, सूर्य विक, विवेक भट्टराई, राजेश प्रसाई र विश्वराज अधिकारी रहनुभएको छ।नयाँ कार्यसमितिले समाजलाई थप सक्रिय र प्रभावकारी बनाउँदै दमक र काठमाडौंबीचको सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउन काम गर्ने अपेक्षा गरिएको छ। नवगठित टोलीले आफ्नो कार्यभार सम्हाल्दै समाजका भावी योजना तथा सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

२०८३ साउन ९ ourdamak