स्थानीय

३४ वर्षमा पनि अधुरै दमक–चिसोपानी सडक, स्थानीयलाई सास्ती

३४ वर्षमा पनि अधुरै दमक–चिसोपानी सडक, स्थानीयलाई सास्ती

दमक | झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा पनि पूर्णरुपमा कालोपत्र हुन सकेको छैन। २०४९ सालमा निर्माण सुरु गरिएको यो सडक झापा, इलाम र पाँचथर जोड्ने महत्वपूर्ण मार्ग भए पनि लामो समयदेखि अधुरै रहँदा स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।दमकको जिरो प्वाइन्टदेखि चिसोपानी पञ्चमीसम्म करिब ३३ किलोमिटर सडक रहेकामा हालसम्म करिब साढे पाँच किलोमिटर मात्र कालोपत्र भएको छ। करिब एक किलोमिटर सडक कालोपत्रको चरणमा छ भने बाँकी अधिकांश सडक हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेको छ।सडकको अवस्था वर्षायाममा झनै दयनीय बन्ने गरेको स्थानीय बताउँछन्। लगातारको वर्षाका कारण ठाउँठाउँमा खाल्डाखुल्डी पर्नुका साथै सडकमा पानी जम्ने र हिलो हुने भएकाले यात्रु तथा सवारीसाधनलाई आवतजावतमा कठिनाइ हुने गरेको छ। दैनिक सयौँ मालवाहक तथा यात्रुवाहक सवारीसाधन यही सडक भएर सञ्चालन हुने गरेका छन्।माङसेबुङ–३ का निवर्तमान वडाध्यक्ष मैतराज राईका अनुसार वर्षायाममा मोटरसाइकलसमेत सञ्चालन गर्न कठिन हुन्छ भने हिउँदमा धुलोका कारण सडक आसपासका बासिन्दा प्रभावित हुने गरेका छन्। सडक निर्माणको ट्रयाक खोल्ने क्रममा आफूहरुले समेत श्रमदान गरेको स्मरण गर्दै उहाँले तीन दशकभन्दा बढी समय बित्दा पनि सडक पूरा नहुनु दुःखद भएको बताउनुभयो।दमक–चिसोपानी सडक पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। यस मार्ग हुँदै तीनथुम्बे र माङमालुङ डाँडा, गजुरमुखी धाम, सहिद रत्नकुमार वान्तवा सहादतस्थल तथा किरात धर्मावलम्बीको महत्वपूर्ण धार्मिक केन्द्र लारुम्बा पुग्न सकिन्छ। सडकको अवस्था कमजोर हुँदा पर्यटक तथा धार्मिक स्थलमा जाने यात्रुलाई समेत समस्या हुने गरेको स्थानीयको भनाइ छ।सडक निर्माण पूरा नहुँदा माङसेबुङ, फाकफोकथुम, देउमाई तथा पाँचथरका मिक्लाजुङ, फाल्गुनन्द, तम्बेवा र कुम्मायक क्षेत्रका नागरिकलाई झापा आवतजावत गर्न कठिनाइ छ। कृषि उत्पादन बजारसम्म पुर्‍याउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत समस्या हुने गरेको छ।ठेक्का लागे पनि काम अधुरैसडकको पहिलो खण्डअन्तर्गत दमकको जिरो प्वाइन्टदेखि मार्चेबुङसम्म ६ दशमलव २९ किलोमिटर सडक कालोपत्र गर्न २०७५ साउन २९ गते महालक्ष्मी–किरातेश्वर जेभीसँग ठेक्का सम्झौता भएको थियो। ३० महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि आठ वर्ष बित्दा करिब साढे पाँच किलोमिटर मात्र कालोपत्र भएको छ।२२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा भएको उक्त ठेक्काको म्याद पटकपटक थपिए पनि काम पूरा हुन सकेन। अन्तिमपटक थपिएको म्याद २०८० असार मसान्तमै सकिएको हो। अहिले ठेकेदार कम्पनीले दैनिक जरिवानामा काम गरिरहेको सडक डिभिजन दमकका प्रमुख इन्जिनियर श्यामकुमार यादवले बताउनुभयो। उहाँका अनुसार अब करिब एक किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ।यसैगरी सडकको दोस्रो १५ किलोमिटर र तेस्रो ११ किलोमिटर खण्ड निर्माण तथा कालोपत्रका लागि लुम्बिनी–गणपति जेभीसँग ठेक्का सम्झौता भएको थियो। दुवै खण्डको काम निर्धारित समयमा सम्पन्न हुन नसकेपछि म्याद थपिएको थियो। थपिएको अवधिमा दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा करिब २८ प्रतिशत काम भएपछि ठेकेदार कम्पनीले काम छाडेको थियो।काम रोकिएपछि सरकारले २०८० चैत १३ गते लुम्बिनी–गणपति जेभीसँगको ठेक्का सम्झौता रद्द गरी बैंक ग्यारेन्टी जफत गरेको थियो। त्यसविरुद्ध कम्पनीले अदालतमा मुद्दा दायर गरे पनि उच्च अदालत पाटनले रिट खारेज गरिदिएको थियो। जिल्ला अदालत झापाबाट भने विवाद मध्यस्थतामार्फत समाधान गर्न आदेश भएको सडक डिभिजनले जनाएको छ।नयाँ ठेक्काबाट काम अघि बढाउने तयारीपुरानो ठेक्का रद्द भएपछि सरकारले दमक–चिसोपानी सडकको बाँकी करिब २६ किलोमिटर कालोपत्रका लागि गत असार ५ गते नयाँ ठेक्का आह्वान गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ बाटै निर्माण सुरु गर्ने तयारी रहेको सडक डिभिजन दमकका प्रमुख इन्जिनियर यादवले बताउनुभयो।नयाँ ठेक्काका लागि १९ वटा निर्माण कम्पनीले प्रस्ताव पेस गरेका छन्। अहिले प्राविधिक प्रस्तावको मूल्याङ्कन भइरहेको र त्यसपछि आर्थिक प्रस्ताव खोलिने जनाइएको छ। संघीय सरकारले सडक निर्माणका लागि एक अर्ब ६४ करोड रुपैयाँको स्रोत सहमति दिएको छ भने चालु आर्थिक वर्षका लागि १२ करोड रुपैयाँ विनियोजन भएको छ।वर्षौंदेखि सडक निर्माणको आश्वासन पाउँदै आएका स्थानीय भने नयाँ ठेक्कापछि यसपटक सडक निर्माणले गति लिनेमा आशावादी छन्। माङसेबुङ–२ का मिलन लिम्बूले लामो समयदेखि सडक बन्ने आश्वासन मात्र पाउँदै आएको बताउँदै अब निर्माण कार्यलाई निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने बताउनुभयो।वर्षाका कारण हेभी सवारीमा रोकवर्षाका कारण सडक क्षतिग्रस्त भएपछि माङसेबुङ गाउँपालिकाले सडकको आफ्नो क्षेत्रमा हेभी मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। ट्रक, टिप्पर, ट्रेलर तथा अन्य भारी क्षमताका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ। अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनलाई भने रोक नलगाइएको जनाइएको छ।सडक मर्मतसम्भारका लागि इलामका माङसेबुङ र फाकफोकथुम तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकाले संयुक्त रुपमा काम सुरु गरेका छन्। माङसेबुङले १५ लाख, फाकफोकथुमले सात लाख र मिक्लाजुङले आठ लाख रुपैयाँ गरी कुल ३० लाख रुपैयाँको लागतमा सडक मर्मत भइरहेको छ।माङसेबुङ–३ भञ्ज्याङदेखि माङसेबुङ–२ को माङबालुङसम्मका बढी समस्याग्रस्त स्थानमा खाल्डाखुल्डी पुर्ने र ग्राभेल गर्ने काम भइरहेको छ। स्थानीयका अनुसार सडक स्तरोन्नति भएर नियमित रुपमा सञ्चालनमा आए झापा, इलाम र पाँचथरका हजारौँ नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ। सडक निर्माण सम्पन्न भए यस क्षेत्रको व्यापार, पर्यटन र कृषि गतिविधिमा समेत उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ।दमक–चिसोपानी सडक निर्माण सुरु भएको तीन दशकभन्दा बढी समय बितिसकेको छ। पटकपटक ठेक्का लाग्ने, म्याद थपिने र काम रोकिने क्रम दोहोरिँदै आएको यो सडक अब नयाँ ठेक्कामार्फत कहिलेसम्म पूर्ण हुन्छ भन्ने विषय स्थानीयका लागि मुख्य चासो बनेको छ।स्रोत: रासस

२०८३ भदौ ३ ourdamak
दमक–४ मा २५ वर्षीय युवक मृत फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

दमक–४ मा २५ वर्षीय युवक मृत फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

दमक। झापाको दमक नगरपालिका–४ स्थित भट्टराई मन्दिर दक्षिणतर्फको क्षेत्रमा एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय २५ वर्षीय युगल पसाई रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।घटनाको जानकारी पाउनासाथ नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ। दमक–४ का वडाध्यक्ष पुण्यप्रसाद दाहालले दिएको जानकारीअनुसार ती युवक रुखमा झुन्डिएको अवस्थामा भेटिएपछि स्थानीयले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी टोली घटनास्थलमै रहेर मुचुल्का उठाउने तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ।युवकको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का उठाइसकेपछि शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको छ। प्रहरीको विस्तृत अनुसन्धान र पोस्टमार्टम रिपोर्टपछि मात्रै घटनाको वास्तविक तथ्य बाहिर आउने जनाइएको छ। यस विषयमा थप विवरण आउन बाँकी रहेको छ।

२०८३ साउन १५ ourdamak
दमकको सनराइज मोडल स्कुलद्वारा मलामीका लागि निःशुल्क बस सेवा

दमकको सनराइज मोडल स्कुलद्वारा मलामीका लागि निःशुल्क बस सेवा

आवर दमक | दमक, झापा: झापाको दमक नगरपालिका वडा नं. २ स्थित सनराइज मोडल स्कुलले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत एक प्रशंसनीय तथा मानवीय कार्यको थालनी गरेको छ। विद्यालयले आफ्नो वडाभित्र कसैको निधन भई शोक पर्दा मलामी जानका लागि निःशुल्क बस सेवा उपलब्ध गराउने घोषणा गरेको हो।विद्यालयका प्रिन्सिपल जनार्दन मैनालीका अनुसार विद्यार्थीहरूलाई बिहान नियमित रूपमा स्कुल पुर्‍याइसकेपछि बिहान १० बजेपछि यो निःशुल्क बस सेवा उपलब्ध गराइनेछ। दुःखको घडीमा स्थानीय नागरिकहरूलाई व्यावहारिक तथा आर्थिक राहत पुर्‍याउने र सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले यो निर्णय गरिएको विद्यालय परिवारले जनाएको छ।प्रिन्सिपल मैनाली र विद्यालय परिवारको यो कदमको सामाजिक सञ्जाललगायत दमक क्षेत्रमा चौतर्फी प्रशंसा भइरहेको छ। स्थानीय बासिन्दा तथा विभिन्न सङ्घ-संस्थाहरूले यसलाई अनुकरणीय कार्य भन्दै बधाई तथा धन्यवाद ज्ञापन गरेका छन्।यस उदाहरणीय कार्यबाट पाठ सिक्दै दमक क्षेत्रमा सञ्चालित अन्य विद्यालय, कलेज, बैङ्क तथा निजी संस्थाहरूले पनि नाफा कमाउने उद्देश्यमा मात्र सीमित नरही आ-आफ्नो तर्फबाट यस्तै सामाजिक जिम्मेवारी वहन गर्नुपर्ने आवाज उठ्न थालेको छ। सम्पूर्ण क्षेत्रका संस्थाहरू यसरी नै सामाजिक सेवामा अग्रसर भएमा समग्र दमक नगर सिङ्गो देशकै लागि एक नमुना र समृद्ध समाज बन्ने स्थानीयको विश्वास छ।दमक-२ भित्र शोक परेको समयमा निःशुल्क बस सेवाका लागि विद्यालयको आधिकारिक नम्बर ९८५-२६८७६६६ मा सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ।

२०८३ साउन ८ ourdamak
दमक–चिसापानी सडकको बहुवर्षीय ठेक्काका लागि १ अर्ब ६४ करोड ८८ लाख स्वीकृत

दमक–चिसापानी सडकको बहुवर्षीय ठेक्काका लागि १ अर्ब ६४ करोड ८८ लाख स्वीकृत

दमक, झापा । पूर्वी पहाड जोड्ने रणनीतिक महत्त्वको दमक–चिसापानी सडकको बाँकी काम सम्पन्न गर्नका लागि बहुवर्षीय ठेक्का प्रयोजनार्थ कुल १ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ रकम स्वीकृत भएको छ। आयोजनाले माग गरे अनुसार नै नेपाल सरकारबाट स्रोत सुनिश्चितताको अन्तिम सहमति प्राप्त भएसँगै यो गौरवको आयोजनाको वित्तीय सङ्कट सदाका लागि टरेको हो। उक्त स्वीकृत रकम सडक डिभिजन कार्यालय दमक मार्फत योजनाबद्ध रूपमा खर्च गरिनेछ।दमक–चिसापानी सडक आयोजनाका अध्यक्ष गगन पुरीका अनुसार यस बहुवर्षीय ठेक्काका लागि कडा र विशेष प्राविधिक सर्तहरू निर्धारण गरिएका छन्। यो आयोजना अधिकतम ३ वर्षभित्र पूर्ण रूपमा सम्पन्न गरिसक्नुपर्ने समयसीमा (डेडलाइन) तोकिएको छ। निर्माण कार्यलाई द्रुत गतिमा लैजान भुक्तानी प्रक्रियालाई निकै लचिलो र कार्यसम्पादनमा आधारित बनाइएको अध्यक्ष पुरीले जानकारी दिनुभयो। नयाँ सम्झौता अनुसार निर्माण व्यवसायीले आवश्यक जनशक्ति र प्रविधि परिचालन गरी १ वर्षभित्रै काम सकेमा १ वर्षमै पुरै भुक्तानी पाउनेछ। त्यसै गरी २ वर्षमा काम सके २ वर्षमै र अधिकतम ३ वर्षभित्र काम सकेमा सम्झौता बमोजिमको सम्पूर्ण भुक्तानी पाउने सुनिश्चितता गरिएको छ, तर कुनै पनि बहानामा ३ वर्षभन्दा बढी समय थप गर्न नपाइने कानुनी सर्त राखिएको छ।विगत ३१ वर्षदेखि (वि.सं. २०५१ सालदेखि) विभिन्न कानुनी विवाद, ठेकेदारको लापरबाही र बजेट अभावका कारण यो सडकको २६ किलोमिटर खण्ड अलपत्र पर्दै आएको थियो। आयोजनाको माग बमोजिम सरकारले १ अर्ब ६४ करोड ८८ लाखको यो वृहत् बहुवर्षीय स्रोत सुनिश्चितता गरिदिएपछि सडक डिभिजन कार्यालय दमकलाई यही असार महिना भित्रै ग्लोबल टेन्डर (ठेक्का आह्वान) गर्ने बाटो पूर्ण रूपमा खुलेको छ।३३ किलोमिटर कुल लम्बाई रहेको यो सडकले दमकबाट इलामको चुलाचुली, माङसेबुङ हुँदै पाँचथरको रविसम्म जोड्ने भएकाले यसलाई पूर्वी पहाडकै 'आर्थिक लाइफलाइन' मानिन्छ। आयोजनाका अध्यक्ष पुरीले यस ऐतिहासिक वित्तीय स्वीकृतिका लागि सहयोग गर्ने मन्त्रालय, प्राविधिक टिम र सडक डिभिजन दमकका प्रमुख इन्जिनियर श्याम कुमार यादव लगायत सम्पूर्ण टिमलाई धन्यवाद दिँदै अब तोकिएको समयभित्रै गुणस्तरीय काम सम्पन्न गराउन स्थानीय स्तरबाट अहोरात्र अनुगमन र समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

२०८३ असार ५ ourdamak
डीएसपी हरिबहादुर बस्नेतसहित ३ जना प्रहरी जेठ महिनाको 'उत्कृष्ट प्रहरी' घोषित

डीएसपी हरिबहादुर बस्नेतसहित ३ जना प्रहरी जेठ महिनाको 'उत्कृष्ट प्रहरी' घोषित

दमक, झापा । इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी हरिबहादुर बस्नेतसहित तीनजना प्रहरी कर्मचारी जेठ महिनाको “उत्कृष्ट प्रहरी” (पुलिस अफ द मन्थ) घोषित भएका छन्। विभागीय मूल्य-मान्यता र निर्देशनको पालना गरी जिम्मेवारी उत्कृष्ट तवरले बहन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले उनीहरूलाई पुरस्कृत गरेको हो।उत्कृष्ट घोषित हुनेहरूमा डीएसपी हरिबहादुर बस्नेत, प्रहरी निरीक्षक नवीन राई र प्रहरी सहायक हवल्दार वीरेन्द्र तामाङ रहेका छन्। उनीहरूले विभिन्न अपराधको सफल अनुसन्धान र अपराधी पक्राउ गर्न महत्त्वपूर्ण भूमिका खेलेको झापा प्रहरी प्रमुख बसुन्धरा खड्काले जानकारी दिइन्।उत्कृष्ट कार्यका मुख्य आधारहरू:बोरामा फालिएको शवको सफल अनुसन्धान: गत जेठ १६ गते दमक १० स्थित रतुवा खोलाको पुलमुनि बोरामा बाँधेर फालिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो। प्रहरी टोलीले सूक्ष्म अनुसन्धान गरी उक्त शव दमक ८ की २१ वर्षीया रमा तिवारीको रहेको पत्ता लगायो। घटनामा संलग्न आरोपी भारत बिहारका ३४ वर्षीय राकेशकुमार पण्डितलाई जेठ २१ गते पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी सफल भएको थियो।१३ वर्षदेखि फरार अपराधीसहित १४० जना पक्राउ: कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद फैसला भई १३ वर्षदेखि फरार रहेका दिवस चौधरी (साविक नाम दिप्सन चौधरी) लाई प्रहरीले पक्राउ गरेको छ। घटनाको समयमा १७ वर्षका रहेका चौधरीले पछि नाम परिवर्तन गरी नागरिकता बनाएका थिए। यसका साथै जेठ महिनामा विभिन्न मुद्दाका १४० जना फरार प्रतिवादी पक्राउ गरी कुल ४३ वर्ष २९ दिन कैद र ५ करोड ५१ लाख ५० हजार ७७७ रुपैयाँ जरिवाना असुलउपर गरिएको छ।लागुऔषध नियन्त्रण: डीएसपी बस्नेत नेतृत्वको टोलीले जेठ महिनामा लागुऔषधसहित ८ जना पुरुष र १ जना महिला गरी ९ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २१ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र १५ क्याप्सुल ट्रामाडोल बरामद गरी अनुसन्धान अघि बढाइएको छ।

२०८३ असार ५ ourdamak
इलाका प्रहरी कार्यालय दमकका दुई इन्स्पेक्टर नविन राई र बिपन विश्वकर्माको सरुवा

इलाका प्रहरी कार्यालय दमकका दुई इन्स्पेक्टर नविन राई र बिपन विश्वकर्माको सरुवा

दमक । झापाको दमकस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत दुई जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको छ। नेपाल प्रहरीको नियमित प्रशासनिक सरुवा तथा काज प्रक्रिया अन्तर्गत दमकमा कार्यरत इन्स्पेक्टर नविन राई र इन्स्पेक्टर बिपन विश्वकर्माको सरुवा भएको हो।प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो सरुवा सूची अनुसार इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी निरीक्षक बिपन विश्वकर्माको नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज, काठमाडौँमा सरुवा भएको छ। उहाँले दमकमा रहँदा विभिन्न किसिमका अपराध अनुसन्धान र कानुनी प्रक्रियालाई चुस्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो।यसै गरी, दमकै कार्यरत अर्का प्रहरी निरीक्षक (इन्स्पेक्टर) नविन राईको पनि कास्कीको पोखरास्थित गण्डकी प्रदेश प्रहरी गणमा सरुवा भएको छ। राईले दमक क्षेत्रको शान्ति सुरक्षा र सडक तथा बजार क्षेत्रको व्यवस्थापनमा सक्रिय कमान्ड सम्हाल्दै आउनुभएको थियो।दमक क्षेत्रको सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउन र आम नागरिकलाई कानुनी राज्यको अनुभूति दिलाउन फिल्डमा खटिएका दुवै इन्स्पेक्टरहरूको सरुवा भएसँगै दमकमा उहाँहरूको कार्यकाल पूरा भएको छ। 

२०८३ जेठ २८ ourdamak
दमकमा बढ्दो क्याफे मोह: ‘क्रेज’ कि लहड ?

दमकमा बढ्दो क्याफे मोह: ‘क्रेज’ कि लहड ?

दमक, झापा । पछिल्लो केही वर्षयता दमकको स्वरूप र जीवनशैलीमा एउटा ठूलो परिवर्तन देखिएको छ। सहरका मुख्य चोकदेखि भित्री गल्लीहरूसम्म अहिले एउटै दृश्य साझा बनेको छ— त्यो हो, रङ्गीचङ्गी ‘क्याफे’ हरू। युवा पुस्ताको बढ्दो आकर्षण र भेटघाटको नयाँ गन्तव्यका रूपमा क्याफे संस्कृति दमकमा निकै फस्टाएको छ। तर, यो बढ्दो मोहसँगै केही गम्भीर प्रश्नहरू पनि सतहमा आएका छन्। के दमकमा क्याफे खुल्ने क्रम आवश्यकताको आधारमा छ कि केवल देखासिखी र लहडमा ?लगानीको ओइरो, अध्ययनको खडेरीदमकमा एउटा सामान्य देखिने क्याफे खोल्न पनि अहिले लाखौँ रुपैयाँ खर्च भइरहेको छ। सजावट (Interior), फर्निचर र अत्याधुनिक उपकरणमा लगानीकर्ताहरूले मनग्ये पैसा खन्याएका छन्। तर, बिडम्वना के छ भने, लाखौँको लगानी गर्ने धेरै लगानीकर्ताहरूले व्यवसाय सुरु गर्नुअघि बजारको अध्ययन र व्यावसायिक योजना बनाएको देखिँदैन। अर्काको क्याफेमा ग्राहकको भीड देखेकै भरमा, कतिपयले अध्ययन बिना नै लगानी गरिरहेका छन्। जसको परिणाम स्वरूप, सुरुका केही महिना उत्साहजनक देखिए पनि बिस्तारै धेरै क्याफेहरू ग्राहकको अभावमा छटपटाउन थाल्छन्।पार्किङ र मूल्यको सास्ती क्याफे खुल्ने क्रम बढे पनि सेवाको गुणस्तरमा भने खासै सुधार आउन सकेको छैन। दमकका अधिकांश नयाँ क्याफेहरूको मुख्य समस्या ‘पार्किङ’ बनेको छ। सडकको छेउमा वा साँघुरो ठाउँमा खोलिएका क्याफेमा आउने ग्राहकका सवारी साधनले गर्दा सहरको ट्राफिक व्यवस्थापनमै चुनौती थपिएको छ।अर्कोतर्फ, मध्यमवर्गीय परिवार र विद्यार्थीहरूको बाहुल्यता रहेको दमकमा क्याफेको मूल्य अचाक्ली महँगो भएको गुनासो व्याप्त छ। एउटै कफी वा खाजाको मूल्य साधारण होटलको तुलनामा तेब्बरसम्म हुनुले यो संस्कृति केवल सीमित वर्गको विलासिता मात्र बन्ने त होइन भन्ने आशङ्का उब्जाएको छ। धेरैजसो क्याफेमा स्वाद र सेवामा एकरूपता छैन। सजावटमा लाखौँ खर्च गर्ने तर भान्साको स्वच्छता र कर्मचारीको व्यवहारमा ध्यान नदिने प्रवृत्तिले गर्दा ग्राहकहरू दोहोर्‍याएर जाने वातावरण बन्न सकेको छैन।युवा पुस्तालाई सुझाव: लहडमा नलागौँ सहरमा विकल्पहरू थपिनु राम्रो पक्ष हो। तर, नयाँ लगानी गर्न खोज्ने युवा पुस्ताले के बुझ्न जरुरी छ भने, व्यवसाय केवल ‘सेल्फी’ खिच्ने ठाउँ बनाएर मात्र टिक्दैन। नाफाको लोभमा अध्ययन बिना नै हाम फाल्नुले आर्थिक जोखिम मात्र बढाउँछ। क्याफे खोल्नुअघि लोकेसन, लक्षित ग्राहक, पार्किङ सुविधा र सबैभन्दा महत्वपूर्ण कुरा—खाजाको स्वाद र उचित मूल्यमा ध्यान दिनु आवश्यक छ।निष्कर्षमा, दमकको क्याफे मोहलाई दिगो बनाउने हो भने अब सजावटमा मात्र होइन, सेवा र अध्ययनमा पनि ध्यान दिनु पर्ने समय आएको छ। नत्र, अहिले देखिएको यो उत्साह भोलि बालुवाको जगमा ठडिएको महल जस्तै ढल्न बेर लाग्ने छैन।

२०८२ फागुन ३० ourdamak
डिपीएल टिन्स बोर्ड दमकको छैटौं पद हस्तान्तरण: अध्यक्षमा अप्सन खनाल निर्वाचित

डिपीएल टिन्स बोर्ड दमकको छैटौं पद हस्तान्तरण: अध्यक्षमा अप्सन खनाल निर्वाचित

दमक/ डिपीएल टिन्स बोर्ड दमकको छैटौं पद हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। फाल्गुन ७ गते आयोजित उक्त विशेष समारोहले डिपीएल टिन्स बोर्ड दमक–२०२६ का लागि अप्सन खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रोजीत बस्नेत, महासचिवमा उपमा राउत र कोषाध्यक्षमा सुप्रीम पाण्डे चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्ष पदको जिम्मेवारी रिश्ता खड्का र अमिस पौडेलले प्राप्त गर्नुभएको छ। संस्थाको गतिविधिलाई प्राविधिक तथा रचनात्मक रूपमा अगाडि बढाउन निर्देशकहरूको रूपमा अप्सना बस्नेत, रक्षा प्रसाई, सुजल श्रेष्ठ र अंशु निरौलालाई नियुक्त गरिएको छ भने सदस्यहरूमा श्रीबिना राई र प्राप्ति दाहाल रहनुभएको छ।नवनिर्वाचित अध्यक्ष अप्सन खनालले पदभार ग्रहण गर्दै संस्थाको गरिमालाई उच्च राख्ने र आगामी दिनमा सामाजिक तथा संस्थागत क्रियाकलापलाई थप सक्रिय एवं प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका वक्ताहरूले नयाँ कार्यसमितिले युवाहरूको नेतृत्व विकास र सामाजिक सेवाका क्षेत्रमा नवीन योजनाहरू ल्याउँदै दमक क्षेत्रमा संस्थाको उपस्थितिलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। नयाँ कार्यसमितिको आगमनसँगै डिपीएल टिन्स बोर्डले सामाजिक रूपान्तरण र युवा सशक्तिकरणमा नयाँ उचाइ लिने अपेक्षा गरिएको छ।  

२०८२ फागुन ९ ourdamak