इलाका प्रहरी कार्यालय दमकका दुई इन्स्पेक्टर नविन राई र बिपन विश्वकर्माको सरुवा

O
ourdamak २०८३ जेठ २८
Reads
इलाका प्रहरी कार्यालय दमकका दुई इन्स्पेक्टर नविन राई र बिपन विश्वकर्माको सरुवा

दमक । झापाको दमकस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत दुई जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको छ। नेपाल प्रहरीको नियमित प्रशासनिक सरुवा तथा काज प्रक्रिया अन्तर्गत दमकमा कार्यरत इन्स्पेक्टर नविन राई र इन्स्पेक्टर बिपन विश्वकर्माको सरुवा भएको हो।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो सरुवा सूची अनुसार इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी निरीक्षक बिपन विश्वकर्माको नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज, काठमाडौँमा सरुवा भएको छ। उहाँले दमकमा रहँदा विभिन्न किसिमका अपराध अनुसन्धान र कानुनी प्रक्रियालाई चुस्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो।

यसै गरी, दमकै कार्यरत अर्का प्रहरी निरीक्षक (इन्स्पेक्टर) नविन राईको पनि कास्कीको पोखरास्थित गण्डकी प्रदेश प्रहरी गणमा सरुवा भएको छ। राईले दमक क्षेत्रको शान्ति सुरक्षा र सडक तथा बजार क्षेत्रको व्यवस्थापनमा सक्रिय कमान्ड सम्हाल्दै आउनुभएको थियो।

दमक क्षेत्रको सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउन र आम नागरिकलाई कानुनी राज्यको अनुभूति दिलाउन फिल्डमा खटिएका दुवै इन्स्पेक्टरहरूको सरुवा भएसँगै दमकमा उहाँहरूको कार्यकाल पूरा भएको छ। 

Share this story:

Comments